नियम १८
पुन चलचित्र जाँच गराउन नपर्ने

केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच भइसकेका चलचित्र काठमाडौं उपत्यका बाहिर प्रदर्शन गर्नको लागी पुन जाँच गराउनु पर्ने छैन ।
तर स्थानीय चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्र अर्को जिल्लामा प्रदर्शन गर्नको लागि पुन जाँच गराउनु पर्नेछ ।

१८क. चलचित्र जाँच दस्तुर :- नियम १७ बमोजिम चलचित्र जाँच गराउँदा देहाय बमोजिम दस्तुर लाग्नेछ :–

(क) एक घण्टासम्म समयावधिको स्वदेशी चलचित्र, आदिवासी÷जनजातिको मातृभाषामा बनेका चलचित्र वा विज्ञापन चलचित्रको लागि
रू. ३,०००।–

(ख) एक घण्टाभन्दा बढी समयावधिको स्वदेशी चलचित्रका लागि
रू. ५,०००।–

(ग) विदेशी चलचित्रको लागि रू. १५,०००।–

१८ख.पारिश्रमिक पाउने :-

चलचित्र जाँच समितिका अध्यक्ष तथा सदस्यले चलचित्र जाँच गरे बापत चलचित्र जँचाउने व्यक्तिबाट देहाय बमोजिम पारिश्रमिक र मन्त्रालयले तोकिदिए बमोजिमको यातायात खर्च पाउनेछन्ः–

(क) एक घण्टासम्मका स्वदेशी चलचित्र र विज्ञापन चलचित्रको जाँच गरे बापत पाँचसय रूपैयाँ,
(ख) एक घण्टाभन्दा बढी समयावधिको स्वदेशी वा विदेशी चलचित्रको जाँच गरे बापत एक हजार रूपैयाँ ।